मेचीमहाकाली सयुक्त बुहारी आवाज मकवानपुरले गर्‍यो दबाब मुलक प्रदर्शन

हेटौंडा टुडे
५ फाल्गुन २०७७, बुधबार २१:००

हेटौंडा । मेचीमहाकाली सयुक्त बुहारी आवाज मकवानपुरले हेटौंडामा बुधबार दबाब मुलक प्रदर्शन गरेको छ ।
बलात्कार पछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याई कडा कार्वाही गर्न दबाब मुलक कार्यक्रम आयोजना गरिएको मेचीमहाकाली सयुक्त बुहारी आवाज मकवानपुरले अध्यक्ष कविता खरेल थापाले बताउनुभयो । हिसां पीडीत महीलाहरुलाई न्यायको अनुभुती दिलाउन संगठीत भएका मेचीमहाकालीकै बुहारीहरुको संयुक्त आवाजले समाजमा दण्डहीनताको अन्त्य गर्ने टेवा पुग्ने उहाँले दावी गर्नुभयो । हेटौँडाको बुद्धचोकमा बुधबार भएको दबाब मुलक प्रदर्शनमा भुटनदेबी माबि, सिद्धार्थ उच्च माबि लगाएत विद्यालयका विद्यार्थी एवम् महिला अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*