हेटौंडा ११ थानाभर्याङमा एक मजदुरको मृत्यू

टुडे संवादाता
९ फाल्गुन २०७७, आईतवार १९:०३

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङमा एक मजदुरको मृत्यू भएको छ । मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिकाका १९ वर्षीय अरबिन्द कुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक रानाका अनुसार गाढी मर्मत गर्ने ग्यारेजमा काम गर्दै आएका ठाकुरको मेशिनमा परेर घटनास्थलमै मृत्यु भएको हो ।

मृतक ठाकुरको शव हाल पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको छ । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*