नयाँ फिचरका साथ “ट्रियो”मोवाईल अब हेटौंडामा

टुडे संवादाता
१७ फाल्गुन २०७७, सोमबार १७:११

हेटौंडा/बागमती प्रदेशको राजधानी हेटौंडामा नयाँ बारफोन भित्रीएको छ । सोमबार एक कार्यक्रमका बीच तिन वटा मोडल फोन सार्वजानिक गर्दै हेटौंडाको लागि आधिकारिक विक्रेताको रुपमा न्यौपाने मोवाईल एण्ड वाच सेन्टर रहेको संचालक लक्ष्मण न्यौपानेले बताए ।

ट्रियो मोवाईल ओपल मल्टी नेशनल प्रा.लि.ले टिए ओस्ट, टिफो म्याजिक,टिफो ज्याज, टिथ्रि म्याजिक इन्डिएन ब्रान्डका ४वटा मोडलका मोवाईल सेट बजारमा ल्याएको हो । हाल हेटौंडा मा ३ वटा मोडेलका मोवाईल फोन उपलब्ध रहने केहि दिनभित्र अर्को पनि उपलब्ध हुने सञ्चालक न्यौपानेले बताए ।

उक्त सेटहरुको २५ सय एमएच व्याक्ट्री रहेको छ । मोवाईलको मुल्य भने १ हजार देखि १६ सय सम्म रहेको छ ।

कार्यक्रममा ओपल मल्टी नेशनल कम्पनीका आरएचएम लगाएत हेटौंडाका विभिन्न मोवाइल व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*