हेटौंडा/ मकवानपुरगढी गाउँपालिकामा कोभिड–१९ बिरुद्धको खोप अभियान अन्तर्गत वडा स्तरमा खोप लगाउने तयारी भएको छ । ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई प्राथमिकता दिइ कोभिड १९ विरुद्धको खोप लगाइने गरि खोप कार्यक्रमको तालिका बनाएको मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ध्रुव लामिछानेले जानकारि दिनुभयो ।
‘स्वास्थ्य समृद्धि र सुरक्षा, कोभिड १९ खोपले गर्छ रक्षा’ भन्ने नाराका साथ आज वडा नम्बर ३ मा निर्मित अस्थायी कोभिड अस्पताल फुटसल परिसरमा आज आइतबार ६५ वर्ष माथी नागरिकलाई पहिलो चरणमा खोप लगाइने गाउँपालिका अध्यक्ष विदुर हुमागाईले जानकारि दिनुभयो । आफ्नो परिचय खुल्ने कुनै पनि सरकारी कागजपत्र लिई आफुलाई पायक पर्ने स्थानमा पहिलो चरणको खोप लगाउन गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामकुमार पुडासैीले पाीलका बासीह्रुलाई आग्रह गरेका छन् ।
आज फाल्गुन २३ गते देसैभर यो खोप लगाईदै छ । जस अन्र्तरग मकवानपुरगढि गाउँपालिकाकाको वडा १ देखी ८ वटै वडाको प्राथमिक स्वास्थ्य केन्द्रहरुमा खोप केन्द्र रहने गरी विश्व स्वास्थ्य संगठन र नेपाल सरकारबाट मान्यत प्राप्त कोभिशिल्ड भ्याक्सिन लगाउन लागिएको हो ।
यहि फागुन २३ गते वडा नं ३ को अस्थायी कोभिड अस्पताल फुटसल परिसर भानुमाबि नजिकै , २४ गते वडा नं ४ मनकामना खोप केन्द्र , २५ गते वडा नं ५ आमभन्ञ्यान सामरि स्वास्थ्य चौकीमा, २६ गते वडा नं ६ डुम्रेकुना सामुदायिक स्वास्थ्य ईकाइ डुम्रेकुना , २७ गते वडा नं ७ सुकौरा स्वास्थ्य चौकी सुकौरा , २८ गते बुढिचौर स्वास्थ्य चौकी बुढिचौर, चैत्र १ गते वडा नं १ आपटार सामुदायिक स्वास्थ्य ईकाइ आपटार र चैत्र २ गते वडा नं २ मकवानपुरगढि स्वास्थ्य चौकी शिखरकटेरिमार्फत खोप लगाउने तालिका रहेको छ ।
स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति भएको र गाउँपालिकामा मात्र खोप केन्द्र राख्दा जेष्ठ नागरिकहरुलाई पर्नजाने समस्यालाई मध्येनजर गर्दै ८ वटै वडाको स्वास्थ्य चौकीमा उपकेन्द्र बनाएर खोप लगाउने तयारी भएको गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामकुमार पुडासैीले बताए । खोपका लागि स्वास्थ्यकर्मीहरुले आवश्यक तालिम समेत लिइसकेका छन् । स्वास्थ्यकर्मी र सफाई कर्मचारीबाट सुरु भएको पहिलो चरणको खोप अभियान निजामति कर्मचारी हुँदै आजबाट सरकारले जनस्तरमा लगेको हो ।