भीमफेदी गाउँपालिकामा करिब तिन हजारले कोरोनाको खोप लगाउदै , वडागत तालिका सहित

हेटौडा टुडे
२३ फाल्गुन २०७७, आईतवार ०७:२६

हेटौंडा/ भीमफेदी गाउँपालिकामा ६५ वर्ष माथिका करिब तिन हजार जेष्ठ नागरिकहरुलाई प्राथमिकता दिइ कोभिड १९ विरुद्धको खोप आजबाट सन्चालन हुदैछ ।  गाउपालिकाको वडास्तरमा आजदेखि कोरोना विरुद्धको खोप अभियान सञ्चालन भएको हो । भीमफेदि गाउँपालिकामा कोभिड–१९ बिरुद्धको खोप अभियान अन्तर्गत वडा स्तरमा खोप लगाउने तयारी भएको छ । ६५ वर्ष माथिका जेष्ठ नागहरुलाई प्राथमिकता दिइ कोभिड १९ विरुद्धको खोप लगाइने गरि खोप कार्यक्रमको तालिका बनाएको भीमफेदि गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रामनाम थिङले जानकारि दिनुभयो ।

आज फाल्गुन २३ गते देसैभर यो खोप लगाईदै छ । जस अन्र्तरग भीमफेदि गाउँपालिकाकाको वडा १ देखी ९ वटै वडाको प्राथमिक स्वास्थ्य केन्द्रहरुमा खोप केन्द्र रहने गरी विश्व स्वास्थ्य संगठन र नेपाल सरकारबाट मान्यत प्राप्त कोभिड भ्याक्सिन लगाउन लागिएको हो ।

 

यहि फागुन २३ गते वडा नं १ र २ को सानुटार सामुदायिक स्वास्थ्य ईकाइ र भैसे स्वास्थ्य ईकाइ , त्यसैगरि २४ गते वडा नं ३ र ४ को ईच्चुन खोप केन्द्र निवुवाटार स्वास्थ्य चौकि , त्यसैगरि २५ गते वडा नं ७ र ८ कोगटे स्वास्थ्य चौकी र ईपा स्वास्थ्य चौकी , र आमभन्ञ्यान सामरि स्वास्थ्य चौकीमा, २६ गते वडा नं ५ र ९ सुपिन सामुदायिक स्वास्थ्य ईकाइ डुम्रेकुना साथै बाघमारा सामुदायिक स्वास्थ्य ईकाइ र २७ गते वडा नं ६ प्राथामिक स्वास्थ्य केन्द्र भीमफेदि मार्फत खोप लगाउने तालिका रहेको छ ।

स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति भएको र गाउँपालिकामा मात्र खोप केन्द्र राख्दा जेष्ठ नागरिकहरुलाई पर्नजाने समस्यालाई मध्येनजर गर्दै ९ वटै वडाको स्वास्थ्य चौकीमा उपकेन्द्र बनाएर खोप लगाउने तयारी भएको गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत बताए । खोपका लागि स्वास्थ्यकर्मीहरुले आवश्यक तालिम समेत लिइसकेका छन् । स्वास्थ्यकर्मी र सफाई कर्मचारीबाट सुरु भएको पहिलो चरणको खोप अभियान निजामति कर्मचारी हुँदै आजबाट सरकारले जनस्तरमा लगेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*