छात्रालाई अभद्र ब्यबहार

भानु माबि प्रकरण :नेबि संघद्वारा शिक्षक कार्वाहीको माग, शिक्षक संगठनद्वारा रिहाई गर्न माग

हेटौंडा टुडे
१३ चैत्र २०७७, शुक्रबार १८:५३

हेटौंडा / नेपाल बिद्यार्थी संघ मकवानपुरले मकवानपुरगढी गाँउपालिका वडा नम्बर ३ मा रहेको भानु माबिमा शिक्षक द्वारा छात्रालाई अभद्र ब्यबहार गरेको घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा कार्वाही गर्न माग गरेको छ ।

आज शुक्रबार एक बिज्ञप्ती जारी गर्दे संघले भानु माबिको घटनामा संलग्नलाई सत्यतथ्य छानबिन गरी कडा कावार्ही गर्न माग गरेको छ । विद्यालयको पठन पाठन बन्द हुदाँ विद्यार्थीहरुको भविष्य अन्यौल हुने भन्दै तत्काल विद्यालयमा पठनपाठन सुचारु गराउन माग गरेको हो ।

छात्रामाथि अभद्र व्यवहार गरेको अभियोगमा विद्यालयका शिक्षक किरण पाण्डलाई चैत्र ११ गत प्रहरीले पक्राउ गरेको थियो । शिक्षक पाण्डे पक्राउ परेपछि बिहिबार देखी विद्यालयको पठनपाठन अनिश्चितकालका लागी बन्द गरीएको थियो।No description available.

यस्तै बिहिबार हिजो नेपाल शिक्षक महासंघ मकवानपुरगढी ,अखिल नेपाल शिक्षक संगठन मकवानपुरगढी , नेपाल शिक्षक संघ मकवानपुरगढी र नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरगढीले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दे मकवानपुरगढीको भानु माध्यामिक विद्यालयको शिक्षक र विद्यार्थीबीचको दुर्व्यवहार सम्वन्धी विषयलाई लिएर उठिरहेको सवालमा शिक्षकका पेशागत संस्थाहरुको ध्यानाकर्षण भएको भन्दै शिक्षकको चरित्र हत्या गर्न खोजिएको दाबी गरेको थियो । विद्यार्थीको पठनपाठनमा समेत अवरोध पुग्नेगरी गरीएको निन्दनीय कार्यको दोषीलाई कडा कार्वाही गरी शिक्षकलाई रिहा गर्न गाँउपालिकाका शिक्षक संगठनहरुले माग गरेका थिए ।No description available.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*