राजिनामा माग्नेलाई प्रधानमन्त्री आलीले दिए कडा जवाफ

हेटौंडा टुडे
२१ चैत्र २०७७, शनिबार १५:४८

हेटौंडा / प्रधानमन्त्री केपी शर्मा ओलीले  आफ्नो राजिनामा माग्नेहरुलाई राजिनामा दिनुपर्ने  आधार साबित गर्न चुनौती दिएका छन् ।

शनिबार बालुवाटारमा आयोजित १ सय ६५ सडक सञ्जाल शुभारम्भ कार्यक्रममा बोल्दै  प्रधानमन्त्री ओलीले आफुले राजिनामा दिनुपर्ने आधार साबित गर्न  राजिनामा माग्नेहरुलाई चुनौती दिएका हुन् ।उनले भने प्रधानमन्त्रीको राजीनामा मागेको मागेकै छ ।

म कसरी दिन सक्छु । हटाउन त । समर्थन फिर्ता गर न त भनेकै छु । तर, समर्थन फिर्ता लिदैन । राजीनामा माग्ने एक जना होइन ।’ कार्यक्रमको अन्तमा उनले ताजा जनादेशमार्फत् जनतामाझ जानको विकल्प नरहेको पनि बताएका छन् । ढिलो चाँडो जनादेशबाटै अहिलेको अंकगणितमा हेरफेर नगरी देश अगाडि जान नसक्ने उनले तर्क गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*