हेटौंडा / शुक्रबार आज बिहान हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा भेटिएको शंकास्पद वस्तु बम नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा ४ स्थित रहेको हेटौंडा स्कुल अफ म्यानेजमेन्ट क्याम्पसको पुरुष शौचालय भित्र आज बिहान शुक्रबार बाकस जस्तो देखिने तार निस्कीएको शंकास्पद वस्तु फेला परेपछि प्रहरीलाई खबर आएको मकवानपुरका प्रहरी नायब उपरीक्षक प्रबक्ता जयश्वर रिमालले बताए ।
खबर प्राप्त भएपछि मकवानपुर प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । सेनाको डिस्पोजल टोली उक्त शंकास्पदज बस्तुको चेकजाचँ गर्दा बम नभएको पत्ता लागेको मकवानपुरका प्रहरी नायब उपरीक्षक प्रबक्ता जयश्वर रिमालले जानकारी दिए ।उक्त शंकास्पद बस्तु बम नभई बम जस्तो देखिने नक्कली बम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सेयर गर्नुहोस्
















