मकवानपुरमा कोरोना कहर : बैंक बाहिर सेवाग्राहीको भिडभाड

टुडे संवादाता
१६ बैशाख २०७८, बिहीबार १७:३४

हेटौंडा/मकवानपुरमा कारोना संङक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले सङक्रमण नियन्त्रण गर्न विभिन्न उपाएहरु अपनाएको छ । प्रशासनले मकवानपुरमा संक्रमण न्युनिकरण गर्न जोरबिजोर प्रणाली तथा व्यवसाय आलोपालो संञ्चालन गर्ने लगाएतका निर्णय गरेको छ ।

यस्तै बढी भिडभाड हुने सरकारी कार्यालय आन्तरिक बाहेकका सबै सेवा प्रवाह बन्द गरेको छ । बैंक तथा वित्तिय संस्थाहरु समेत आलोपालो संञ्चालन गर्न प्रशासन कार्यालयले निर्देशन दिएको छ । तर हेटोंडाको नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक अगााडी सेवाग्राहीको अत्याधिक भिडभाड देखिएको छ । प्रशासन कार्यालयले भिडभाड नगर्न आग्रह गरेपनि नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक हेटोंडाको गेट बाहिर सेवाग्राहीको बाक्लो उपस्थिति देखिन्छ । बैंक बाहिर सामाजिक दुरी कायम नै नगरी सेवाग्राहीको अत्याधिक भिडभाड भएपनि भिडभाड नियन्त्रणमा बैंकले कुनै ब्यबस्थापन गरेको देखिदैन ।

बैंकले भित्र स्वास्थ मापदण्ड पालना गरेपनि बैंक बाहिरको जोखिमलाई भने बेवास्था गरेको देखिन्छ । बैंक बाहिर देखिएको सेवाग्रहीको यो भिडभाडले मकवानपुरमा संङक्रमणको जोखिमलाई थप बढाउने संङकेत गरेको छ ।

प्रशासन कार्यालय र बैंक तथा वित्तिय संस्थाले बैंक बाहिर देखिएको भिडभाड नियन्त्रणका लागी गम्भिर बन्न आवश्यक देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*