हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको दाजुभाइ स्विटस् ले मंगलवार पनि जारी निषेधाज्ञाको उलंघन गर्दै मिठाई बेच्दै गरेको अवस्थामा थप एक जना पक्राउ गरेको छ ।
यसअघि सोमबार हिजो निषेधाज्ञाको ठाडो उल्लंघन गर्दै मिठाई बेचेको पाइएकोले दाजुभाइका संचालक सहित ४ जनालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन् ।
पसल नखोल्न आग्रह गर्दा समेत अटेर गरी पसले खोली भिडभाड गरेर मिठाई बेचेकोले नियन्त्रणमा लिएको डिएसपी रिमालले बताए
। उनीहरूलाई संक्रामक रोग निवारण ऐन २०२० बमोजिम कार्वाही अघि बढाउने प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्