मकवानपुरमा मंगलवार दिउँसो थप १ सय १६ जनामा कोरोना संक्रमण

टुडे संवादाता
२८ बैशाख २०७८, मंगलवार १४:५४

हेटौंडा/मकवानपुरमा मंगलवार दिउँसो थप १ सय १६ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
गत बैशाख २६ र २८ गते संकलित १ सय ८६ जनाको स्वाव मध्ये १ सय १६ जनामा कोरोना संक्रमण देखिएकोे हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

उनका अनुसार १ सय ८० जनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ सय १५ जना र एन्टिजेन विधिबाट ६ जनाको परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित ११६ जनामध्ये १.५ बर्षिय बालक सहित १५ जना बालबालिका र ७५ बर्ष माथिका २ जना जेष्ठ नागरिक समेत रहेका छन् ।यस्तै निरीक्षक चौलागाइँले संक्रमीत मध्ये ४५ जना महिला र ७१ जना पुरुष रहेकोे बताए । कोरोना पोजेटिभ देखिएका १ सय १६ जनामा हेटौंडा उपमहानगरपालिका भित्रका १ सय भन्दा बढी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*