हेटौंडा/नेकपा एमालेका नेता एवं बागमती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईको निधनप्रति नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले दुःख व्यक्त गरेको छ । संसदीय दलका सचिव निमा लामाले शोक वक्तव्य जारी गर्दै चौलागाईको निधनप्रति दुःख व्यक्त गरेको छ ।
वक्तव्यमा चौलागाईको निधनले बागमती प्रदेशसभाले एक प्रखर, प्रभावशाली एवं गहन विचारक गुमाएको जनाईएको छ । नेपालको राजनैतिक परिवर्तनका हरेक आन्दोलनमा उनले खेलेको भूमिका र सामाजिक क्षेत्रमा उनले पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै उपेक्षित एवं उत्पिडित वर्गको उत्थान र अधिकार स्थापित गर्न गरेको त्याग नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल सधैं स्मरण गर्ने व्यक्तव्य उल्लेख छ ।
कांग्रेस बागमती प्रदेश संसदीय दलले दिवंगत प्रदेशसभा सदस्य चौलागाईको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजन एवं आफन्तजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।



















