सरकारी कर्मचारीको तलबमा मासिक २ हजारले वृद्धि

हेटौडा टुडे
१५ जेष्ठ २०७८, शनिबार २०:२९

हेटौंडा । सरकारले सरकारी कर्मचारीको तलबमा २ हजारका दरले वृद्धि गरेको छ । २०७८ साउन १ गतेदेखि लागू हुनेगरी सरकारी कर्मचारीको तलब वृद्धि गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । त्यसैगरि सरकारले जनपथ र सशस्त्र प्रहरीले पाउँदै आएको राशन खर्चमा १५ प्रतिशतले वृद्धि पनि गरेको छ ।

२०७८ र ७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले कारागारलाई सुधारगृहमा परिणत गरिने पनि बताएका छन् । नेपाली सेनालाई सुदृढीकरण गर्नका लागि ुबंकरदेखि ब्यारेकसम्मु कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*