प्रहरीको रासन भत्ता ५ वर्षपछि बढ्यो

हेटौंडा टुडे
१५ जेष्ठ २०७८, शनिबार २१:१३

हेटौंडा ।  प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता ५ वर्ष यता वृद्धि भएको थिएन । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता of] k6s १५ प्रतिशतले बढेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दै रासन भत्ता बढाइएको बताएका हुन् ।

२०७२ माघ पछि भत्ता नबढेकाले दुई सुरक्षा निकायले ५० प्रतिशत भत्ता बढाउनु पर्ने प्रस्ताव गृह समक्ष राखेका थिए । तर अर्थ मन्त्रालयले राज्यलाई आर्थिक भार पर्ने बताउँदै धेरै बढाउन नसकिने बताउँदै आएको थियो । गृह मन्त्रालयका सह–सचिव थानेश्वर गौतमको नेतृत्वमा गठित समितिले मूल्यवृद्धि ३३ प्रतिशतले बढेको भन्दै भत्ता बढाउन सिफारिस गरेको थियो । त्यसअघि सह–सचिव चक्रबहादुर बुढाको नेतृत्वमा गठित समितिले हरेक दुई वर्षमा रासन भत्ता वृद्धि गर्नुपर्ने निष्कर्ष निकालेको थियो

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*