
हेटौंडा । विपदको समयमा सबै क्षेत्रमा सरकारको पहुँच र कदम नपुग्न सक्छ। विपदको समयमा सरकारी गैरसरकारी विभिन्न संघ संस्था,व्यक्तिको सकृयता उत्तिनै आवश्यकता रहन्छ । हाल नेपाल कोरोनाको जोखिममा छ ।कोरोनाका कारण देशभर निषेधाज्ञा जारी गरिएको छ। यस विपदको समयमा विभिन्न सरकारी,गैरसरकारी संघ संस्था,व्यक्ती विपन्न परिवारलाई खाना र राहत वितरण कार्यमा संलग्न छ भने कोही कोरोना रेस्पोन्स टिम गठन गरी त्यसको नियन्त्रणमा लागि परेका छन।
यसै क्रममा मकवानपुरका युवा अभियन्ता तथा समाजसेवी विकेशलाल श्रेष्ठले निषेधाज्ञा नियन्त्रणमा खटिने सुरक्षाकर्मीलाई दिवा खाजा खुबाउन सकृयाता देखाएका छन। उनले हेटौंडा बजार क्षेत्रमा ड्युटीमा खटिने सुरक्षाकर्मीलाई दिवा खाजा सहयोग गर्ने भएका छन। निषेधाज्ञाका कारण कोरोनाको जोखिमलाई बिर्सिएर ड्युटीमा खटिने सुरक्षाकर्मीलाई सहयोग मिलोस भनेर एकलौटी पहलमा निषेधाज्ञाभर दिवा खाजा खुवाउन सकृयता देखाएका हुन।
अहिले मकवानपुरभर निषेधाज्ञा छ । निषेधाज्ञामा कुनै पसल खुलेको छैन। घामपानी नभनि सडकमा निषेधाज्ञा कडाई गर्न सवारी चेकजाँच र ड्युटीमा खटिने सुरक्षाकर्मीलाई राहत होस भन्दै स्वइच्छाले खाजा सहयोग गरेको हु, जो कोही नागरिकको समस्या साथ दिनु जिम्मेवार नागरिकको दायित्व भएकोले सुरक्षार्थ खटिने सुरक्षाकर्मीलाई खाजा खुवाउन सकृयता देखाएको हुू श्रेष्ठले भने । श्रेष्ठ जस्तो अहिले मकवानपुरको हेटौंडामा रोटरी क्लब अफ मकवानपुर हेटौंडा,सहयोगी मन,विभिन्न युवा सङ्गठनले खाना तथा खाद्यान्न सहयोग गरिरहेका छन।

