प्रमुख जिल्ला अधिकारी पाण्डेले गरे हेल्प डेक्सको अवलोकन

हेटौंडा टुडे
१८ जेष्ठ २०७८, मंगलवार ११:२३

हेटौंडा /  मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले हेटौंडा अस्पतालमा स्थापना गरीएको हेल्प डेक्सको अवलोकन गर्नुभएको छ ।

आज मंगलबार बिहान हेटौैंडा अस्पतालमा परिसरमा मकवानपुरका युवाहरुले स्थापना गरेको हेल्प डेक्सको प्रमुख जिल्ला अधिकारी पाण्डेले अवलोकन गर्नुभएको हो । हेल्प डेक्सबाट प्रदान भैरहेका सेवाहरुको जानकारी लिदै प्रमुख जिल्ला अधिकारी पाण्डेले हेल्प डेक्सका लागी आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

कोरोना भाईरस संङक्रमणको द्रोस्रो लहर भित्रिए संगै हेटौडा अस्पताल परिसरमा युवाहरुले हेल्प डेक्स स्थापना गरी कोभिडका विरामी तथा विरामीका आफन्तहरुलाई विभिन्न सहयोग गर्दे आएका छन् । उनीहरुको विभिन्न संघ संस्थाको समन्वयमा निशुल्क माक्स ,पिउने पानी र खानाको समेत ब्यबस्था मिलाएका छन् । यस्तै पिसिआर परिक्षणको रिर्पोट उपलब्ध गराउने लगाएतका विभिन्न समस्यामा सहजिकरण गर्दे आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*