![](https://www.hetaudatoday.com/wp-content/uploads/2021/06/manson-..jpg)
हेटौंडा । आज देशभर सामान्यतया मौसम बदली भएर बर्षा हुने सभावना रहेको छ । आज बिहान केही ठाउँमा मौसम सफा भए पनि वाग्मती र प्रदेश नम्बर दुईको पश्चिमी ठाउँहरुमा घाम लागेको तर अरु ठाउँमा कतै कतै हल्का पानी परिरहेको महाशाखाका जनाएको छ । यी ठाउँहरुमा बिहानी पख घाम लागे पनि दिउँसोपख पानी पर्ने सम्भावना छ। यस्तै, अहिले प्रदेश एक, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ
आज दिउँसो देशभर मौसम बद्ली हुने अनुमान छ । बेलुका हल्का पानी पर्ने तर ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् बासीले बताउनुभयो । आज राति भने देशका धेरै ठाउँहरुमा पानी पर्नेछ भने प्रदेश एक मा ठूलो पानी पर्नेछ । भोलिदेखि फेरि मनसुन सक्रिय हुने पूर्वानुमान गरिएको छ । मौसम सक्रिय भएसँगै ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
![](https://www.hetaudatoday.com/wp-content/uploads/2024/12/hetauda-today-samparka-ad.gif)
![](https://www.hetaudatoday.com/wp-content/uploads/2023/03/hotel-suryane.gif)
![](https://www.hetaudatoday.com/wp-content/uploads/2023/08/hetauda-today-add-1-1.gif)