
काठमाडौं/पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमितमध्ये काठमाडौंका ५३१, भक्तपुरका ४१ जना र ललितपुरका १४७ जना छन्।
योसँगै मंगलबारसम्म काठमाडौं उपत्यकामा ७ हजार २४१ सक्रिय कोरोना संक्रमित छन्। काठमाडौंमा मात्रै ५५३७, भक्तपुरमा ८२९ जना र ललितपुरमा ८७५ जना सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ३ हजार १०८ जना कोरोना संक्रमित थपिएका छन्।

सेयर गर्नुहोस्