मकवानपुरमा आजपनि कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाइँदै

हेटौंडा टुडे
१३ श्रावण २०७८, बुधबार ११:५५

हेटौँडा/ मकवानपुरमा आजपनि कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाइँदै छ । मकवानपुरको दशै स्थानीय तहमा मंगलबारबाट लगाउन सुरु गरिएको कोरोना भाइरस विरुद्धको खोप आजपनि लगाईने भएको हो । ।

हेटौंडामा मंगलबार ५ हजार १ सय १९ जनाले कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् । हिजो मंगलबार हेटौंडा उपमहानगरपालिकाको १८ वटा र मकवानपुर उद्योग बाणिज्य संघको समन्वयमा पल्पसा हलमा सञ्चालित खोप कार्यक्रममा गरी ५ हजार १ सय १९ जनाले खोप लगाएका हुन ।

यसैबीच मकवानपुरगढीमा हिजो ३ सय ४१ जनाले उक्त खोप लगाएका थिए भने आज पनि खोप कार्यक्रमलाई निरन्तरता दिईने मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य प्रमुख ध्रुव लामिछानेले हेटौँडा टुडेलाई जानकारी दिए ।

खोप हेटौंडा ११ नम्बर वडा बाहेक अन्य वडा मातहतको हेल्थ पोष्ट र स्वास्थ्य चौकीमा लगाइएको जनाइएको छ । अमेरिकी खोप जोन्सन एण्ड जोन्सन मकवानपुरका ५० बर्ष देखी ५४ बर्ष भित्रका, विदेश जाने र रातो तथा निलो परिचय पत्र बाहक अपाङगता भएकाहरुलाई प्राथमिकता दिएर लगाईएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*