गढीका किसानलाई सहकारी मार्फत काउ म्याट वितरण

हेटौंडा टुडे
१८ श्रावण २०७८, सोमबार १०:५५

हेटौँडा/मकवानपुरगढी गाउँपालिकाले सहकारी मार्फत किसानलाई काउ म्याट वितरण गरेको छ । किसान, सहकारी संस्था र गाउँपालिकाको साझेदारीमा किसानलाई काउ म्याट वितरण गरिएको हो । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको जनजागृति बहुउद्देश्यीय सहकारी संस्थाका ३० जना पशुपालक किसानलाई सोमबार एक कार्यक्रमकाबीच काउ म्याट वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख अतिथ्यतामा किसानलाई म्याट हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष हुमागाईले सहकारीलाई प्राथमिकतामा राखेर काउ म्याट वितरण गरिएको बताए । साझेदारीमा खरिद गरी वितरण गरिएकोले अर्को वर्ष थप काउ म्याट वितरण गरिने बताए । गाउँपालिकाले पशुपालक किसानलाई मध्येनगर गर्दै प्रतिलिटर दुधमा १ रुपैयाँ र प्रदेश सरकारले पनि प्रतिलिटर २ रुपैया दिदैं आएकोले किसानमा थप प्रोत्साहन भएको महशुस गरेको बताउदैं अध्यक्ष हुमागाईले किसानलाई पेन्सन जस्तो प्रतिलिटर १ मोहर गाउँपालिकाले र एक मोहर किसानले जम्मा गरी एकमुष्ठ पछि लिने व्यवस्था नीति बनाउन लागेको बताए ।

 

बहुउद्देश्यीय सहकारी भएकोले सहकारीले अब अनाज खरिद विक्री, तरकारी मासु जस्ता काम खरिद विक्री गरेमा गाउँपालिकाले प्रतिकिलो १ रुपैयाँ दिने कार्यविधि रहेको बताए । साना किसानहरुको पहुँच पुग्नको लागि किसान क्रेडिट कार्ड प्रयोग गरी न्युन व्याजदरमा कर्जा लिएर व्यावसायिक बन्नुपर्नेमा जोड दिएका छन् । उनले काम गर्न खोज्नेलाई युवा होस् या अन्य किसान सबैलाई गाउँपालिकाले सहयोग गर्ने र उत्पादित वस्तुलाई बजारिकरणमा समेत साथ दिने बताए ।

 

काउ म्याट कार्यक्रममा ३० जना किसानलाई प्रदान गरिएको छ । लागत मुल्यको ५० प्रतिशत गाउँपालिकाले किसानले २५ प्रतिशत र सहकारीले सहकारीले २५ प्रतिशत लगानी रहेको सहकारी संस्थाका व्यवस्थापक दिपेश दाहालले बताए ।

कार्यक्रममा सहकारीको वार्षिक कार्यक्रम अन्तरगत गोठसुधार गर्ने ५ जना किसानलाई नगद प्रदान गरिएको छ । अध्यक्ष हुमागाईले लक्ष्मण दहाल, प्रह्लाद घिमिरे, भीम बहादुर स्याङ्तान, शारदा दुलाल, विष्णुप्रसाद अधिकारीलाई नगद पाँचरपाँच हजार नगद वितरण गरेका थिए ।
कार्यक्रममा सहकारी संस्थाका सल्लाहकार यज्ञप्रसाद तिमल्सिना, किसानको तर्फबाट सरिता तिमल्सिनाले आफ्नो भनाइ राखेका थिए । कार्यक्रम सहकारी संस्थाका अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*