आईतबारदेखि मकवानपुरको मालपोत र नापी कार्यालय बन्द

टुडे संवादाता
२८ श्रावण २०७८, बिहीबार १८:२६

हेटौँडा/मालपोत कार्यालय मकवानपुर आइतबारदेखि एक साता बन्द हुने भएको छ । कोरोनाभाइरस (कोभिड–१९) संक्रमण दिनप्रतिदिन बढेदै गएपछी जोखिमलाई मध्यनजर गर्दै आगामी साउन ३१ गते आइतबारबाट एक हप्ताका लागि बन्द हुने मालपोत कार्यालय हेटौंडाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएकोमा मालपोत कार्यालयमा भिडभाड हुने भएकोले बन्द गर्न भनिएकोमा आज एक सूचना जारी गर्दै एक हप्ता बन्द हुने जानकारी गराएको हो ।

यस्तै, आइतबारदेखि नापी कार्यालय हेटौंडा पनि एक हप्ताका लागि बन्द हुने भएको प्रमुख जिल्ला अधिकारी भरतपणि पाण्डेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*