शेयर बजारमा गिरावट

हेटौँडा/ यो साताको पहिलो दिन मंगलबार कारोबार हुँदा शेयर बजारमा गिरावट आएको छ । मंगलबार शेयर बजार ५५ दशमलव ८९ अंकले घटेर ३,१२५ दशमलव ०१ को विन्दुमा कायम भएको छ ।
मंगलबार ३३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज फाइनान्स कम्पनी र निर्जीवन बीमा समूह बाहेक सबै उपसूचक घटेका छन् । मंगलबार दिनभरिमा २२५ वटा कम्पनीको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर कारोबार हुँदा १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।