मगंलबार गढी गाउँपालिकामा थप २ जनामा कोरोना संक्रमण, कुल संक्रमण संख्या ३ सय ५५

हेटौंडा टुडे
८ भाद्र २०७८, मंगलवार १७:४०

हेटौँडा/ मकवानपुरगढी गाउँपालिकामा मगंलबार आज थप २ जनामा कोरोना भाइरस कोभिड संक्रमण पुष्टि भएको छ । पीसीआर बिधिबाट गरिएको परिक्षणमा २ जनामा कोरोना पुष्टि भएको मकवानपुरगढीका स्वास्थ्य ईकाई प्रमुख ध्रुर्व प्रसाद लामिछानेले जानकारी दिए । हालसम्म गढीमा कुल संक्रमण संख्या ३ सय ५५ जना रहेका छन् । मक्रान्चुलीमा रहेको कोभिड १९ आइसोलेसन सेन्टरमा ३ जना संक्रमित रहेका छन् भने ४ जना आइसोलेसन वाड्र्बाट डिस्चार्ज भए सगैँ १९ जना होम आइसोलेसनमा रहेको लामिछानेले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*