चितवनमा मासुको उत्पादन बढ्दै, बार्षिक ३९ हजार १७ मेक्ट्रिक टन उत्पादन

हेटौंडा टुडे
२०७८ भाद्र १६, बुधबार १६:३४ गते

हेटौँडा/ चितवनमा मासुको उत्पादन बढ्दै गएको छ । पछिल्लो तीन बर्षदेखि जिल्लामा खसी, बोका, भेडा, कुखुरा, बंगुर, रागाको मासू उत्पादनमा क्रमश बृद्धि भएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका अनुसार गत आर्थिक बर्ष ३९ हजार १७ मेक्ट्रिक टन मासु उत्पादन भएको छ । यो उत्पादन आर्थिक बर्ष २०७६ र ०७७ मा भन्दा ४ सय २४ मेक्ट्रिक टनले बढी हो । सो आर्थिक बर्ष ३८ हजार ५ सय ९३ मेक्ट्रिक टन मासू उत्पादन भएको थियो । त्यस्तै आर्थिक बर्ष २०७५ र ०७६मा ३० हजार ९ सय २८ मेक्ट्रिक टन मासू उत्पादन भएको कार्यालयले जानकारी दिएको छ । यो उत्पादन २०७६र०७७मा भन्दा ७ हजार ६ सय ५५ मेक्ट्रिक टनले कमी हो । चितवनमा सबैभन्दा बढी कुखुराको मासू उत्पादन हुँदै आएको छ । कुल मासुको उत्पादनमा कुखुराले मात्रै ६४ प्रतिशत ओगटेको छ । गत आर्थिक बर्ष जिल्लामा २४ हजार ८ सय ९२ मेक्ट्रिक टन कुखुराको मासू उत्पादन भएको छ । पछिल्लो तीन बर्षको अवधिमा कुखुराको मासु पनि क्रमशः बृद्धि भएको कार्यालयले तथ्याङ्कले देखाएको छ । आर्थिक बर्ष २०७५र०७६मा २२ हजार ५ सय १६ मेक्ट्रिक टन कुखुराको मासू उत्पादन भएको थियो ।

यस्तै चितवनमा गत आर्थिक बर्ष ५ हजार ८ सय १० मेक्ट्रिक टन रागाको मासू उत्पादन भएको छ । जिल्लामा खसी बोकाको उत्पादन पनि राम्रै रहेको छ । आर्थिक बर्ष २०७७र०७८मा २ हजार ६ सय ८६ मेक्ट्रिक टन बंगुरको मासू उत्पादन भएको छ । तीन बर्षको अवधिमा खसीको मासू ६ सय १ मेक्ट्रिक टनले बृद्धि भएको हो । आर्थिक बर्ष २०७५र०७६मा २ हजार ८५ मेक्ट्रिक टन खसीको मासू उत्पादन भएको भेटेरिनरी अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै गत आर्थिक बर्ष चितवनमा बंगुर ९ सय ५५, हाँसको मासू १ सय १० र भेडाको मासू ११ मेक्ट्रिक टन उत्पादन भएको कार्यालयका सूचना अधिकारी तथा पशु सेवा अधिकृत डा। रामचन्द्र आचार्यले जानकारी दिनुभयो । सरकारले बाख्रा, पाडा तथा कुखुरा पालनमा किसानलाई अनुदान बृद्धि गर्न थालेपछि मासूको उत्पादन बढ्दै गएको उहाँको भनाई छ । अहिले चितवनको उत्पादन भएको मासू जिल्ला बाहिर जाने गरेको उहाँले बताउनुभयो ।

अहिले जिल्लामा ३ लाख १० हजार बाख्रा, ७२ हजार ८ सय ३३ भैसी, ३ हजार ८ सय ७० भेडा, १६ हजार ८ सय ७६ बंगुर, १ करोड ४७ लाख ७३ हजार २ सय २७ कुखुराका चल्ला र ३८ हजार २ सय ५२ वटा हाँस रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*