
हेटौँडा/ हेटौंडा १७ स्थित कर्रा खोलाले ट्रक सहित दुई जनालाई बगाएको छ । मकवानपुर प्रहरीका अनुसार ट्रकका चालक हेटौंडा घर भएका ४० वर्षीय बद्री कार्की र अर्का एक जना ठेगाना नखुलेका अन्दाजी ४०।४२ बर्षीय गणेश थापा मगरलाई बगाएको जनाइएको छ। शिवम सिमेन्ट उद्योगबाट हेटौंडा तर्फ आउदै गरेको ना ४ ख १४४० नम्बरको ट्रक कर्रा खोलामा आएको भेलले बगाएको हो।
खोलामा एक्कासि आएको भेलले उक्त ट्रकलाई बगाएको र हराएका दुईजनाको खोजी कार्य तीव्र पारिएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन।


सेयर गर्नुहोस्