
हेटौँडा/ साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैँयाले बढेको छ । मंगलबार सुनको मूल्य तीन सयले बढेर तोलाको ८९ हजार दुई सयमा कायम भएको छ। अघिल्लो दिन सुन ८८ हजार ९ सयमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेर ११ सय ४० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार चाँदी तोलाको ११ सय ३५ रुपैयाँ थियो।


सेयर गर्नुहोस्