
हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७ मा रहेको किरणचोक टोल विकास संस्थाको ११ औं बार्षिक साधारणसभाले अध्यक्षमा राजु अधिकारी र किरणचोक आमा समूहको अध्यक्षमा सावित्री अधिकारी चयन गरेको छ । हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीनाकुमारी लामाको अध्यक्षतामा भएको साधारणसभामा अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा ईश्वरी अर्याल, सचिव रेजिता सिग्देल, सहसचिव किरण अर्याल, कोषाध्यक्षमा गणेश पराजुली र सदस्यहरुमा रामप्रसाद पौडेल, मुरली पौडेल, सानुदुर्गा पुडासैनी, बालकुमारी थापालगायत रहेका छन् ।
यसैगरी किरणचोक आमा समूहको ५ औं साधारणसभाले सावित्री अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समूहको उपाध्यक्षमा उर्मिला अर्याल, सचिवमा मन्दिरा घिमिरे, सहसचिव सावित्री सापकोटा, कोषाध्यक्ष ललिता पौडेल तथा सदस्यहरुमा राममाया बल, कमला खड्का, मुना रिमाल, निता केसीलगायत रहेका छन् ।
साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणीलाई पुरस्कृत गर्नुका साथै खेलाडी, किरणचोक सामुदायिक भवन निर्माण उपभोक्ता समिति र टोल विकास संस्थाका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
हेटौंडा–७ नम्बर वडा अध्यक्ष राजन थापा, किसान कल्याण सहकारी संस्थाका अध्यक्ष मोतिलाल लामा, स्मृति टोल विकास संस्थाका अध्यक्ष रामकृष्ण भट्ट, टोल विकास संस्था नगर समन्वय समिति सदस्य हर्करत्न लामा, बिष्णु ढुंगाना, वडा समन्वय समितिका संयोजक युवराज गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

