हेटौँडा/ काठमाडौँबाट दोलखाको चरिकोट रिर्जभ जाँदै गरेको बस लामोसाँघु जिरी सडकखण्डको सात किलोमा दुर्घटना भएको छ । आज भएको दुर्घटनामा बसमा सवार कम्तीमा ३३ घाइते भएका छन्, तीनको अवस्था गम्भीर रहेको छ । काठमाडौँमा चल्ने कान्तिपुर यातायातको बा ४ ख १८०२ नम्बरको बस दुर्घटनामा परेको हो ।
बढी भारका कारण गाडीले उकालोमा तान्न नसकेर पछि धकेलिएपछि दुर्घटनामा परेको बताइएको छ । बस बाटोबाट १० मिटर तल खसेको छ । स्थानीयवासी र प्रहरीले घाइतेको उद्धार गरेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए।
सेयर गर्नुहोस्

















