नेपाली फुटबल टिमले माल्दिभ्समै मनायो दसैँ

हेटौंडा टुडे
२९ आश्विन २०७८, शुक्रबार १७:३८

हेटौँडा/ साफ च्याम्पियनसिप फुटबलका लागि माल्दिभ्समा रहेको नेपाली फुटबल टिमले दसैँ मनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुदाइरीसहित नेपाली टिमका सबै सदस्यले टीका, जमरा लगाएर दसैँ मनाएका हुन् ।

नेपाली फुटबल दसैँ मनाएको तस्बिरहरू एन्फाले सार्वजनिक गरेको छ ।

साफ च्याम्पियनसिपमा नेपाल फाइनल प्रवेश गरिसकेको छ । फाइनलमा नेपालले भोलि राति ८ः४५ बजे भारतको सामना गर्दैछ । नेपाल बंगलादेशसँग बराबरी गरेर फाइलन प्रवेश गरेको छ । भारत आयोजक माल्दिभ्सलाई हराएर फाइनल प्रवेश गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*