हेटौँडा/ प्रदेश नं. २ को लोकसेवा आयोगले अमर्यादित कार्य गरेको भन्दै एक युवकलाई कालोसूचीमा राखेको छ । उनले आगामी एक वर्ष आयोगको कुन पनि लिखित परीक्षामा सहभागी हुन नपाउने आयोगको निर्णय छ ।
आयोगको प्रशासन शाखाद्वारा प्रकाशित सूचना अनुसार महोत्तरी जिल्लाको बथनाहा गाविसका प्रनितकुमार झा कालोसूचीमा परेका हुन् ।
कर्मचारी भर्नाका लागि आयोगले गरेको विज्ञापनमा झाले दरखास्त हालेका थिए । उक्त दरखास्तमा कागजात अपुग रहेको भन्दै आयोगले गत १४ भदौमा इमेलमार्फत जानकारी गराएपछि उनले गालीगलौजपूर्ण जवाफ दिएको आयोगले जनाएको छ ।उनलाई कालोसूचीमा राख्ने निर्णय आयोगले ६ असोजमा गरेको थियो ।
सेयर गर्नुहोस्