दशैंको अवधिमा १४ वटा सवारी दुर्घटना, ५ जनाको मृत्यु

हेटौंडा टुडे
१ कार्तिक २०७८, सोमबार ०९:१३

हेटौँडा/ दशैको अवधिमा सवारी दुर्घटनामा परी मकवानपुरमा ५ जनाले ज्यान गुमाएका छन । गत असोज २१ गतेदेखि ३० गतेसम्म भएको १४ वटा सवारी दुर्घटनामा परी उनीहरुको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार, गत असोज २१ गतेदेखि ३० गतेसम्मसुमो (जिप), मोटरसाइकल दुर्घटना हुँदा २र२ जना र धान काट्ने मेसिन दुर्घटना हुँदा एक जना गरी ५ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी ११ जना गम्भीर घाइते भएका छन् भने ३५ जना सामान्य घाइते भएका छन् ।

असोज २७ गते बुधबार दिउँसो पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको प्र ०२–०३–००१ त १०३ नम्वरको धान काट्ने मेसिन हेटौंडा–९ पशुपतिनगरमा पल्टिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्वर ४ बस्ने अन्दाजी ५० वर्षीय रुस्तम अन्सारी रहेका छन् ।

यसैगरी, असोज २९ गते शुक्रबार राति पुर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातमाटेमा नारायणगढबाट काँकडभिट्टा जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार हेटौंडा–१५ पनेस बस्ने १८ बर्षीय प्रकाश दियाली र हेटौंडा–३ बस्ने २२ बर्षीय सुशान्त दियाली रहेका छन् ।

त्यस्तै, हेटौंडा–कुलेखानी–काठमाडौँ सडकखण्ड अन्तरगत इन्द्रसरोबर गाउँपालिका वडा नम्वर २ लामिबगरमा असोज ३० गते शनिबार दिउँसो काठमाडौंबाट काठमाडौं आउँदै गरेको ना १ ज ४५११ न को सुमो (जीप) अनियन्त्रित भई दुर्घटना हुँदा काठमाडौँ–१६ गोदाबारी बस्ने ६२ वर्षीय विष्णुबहादुर श्रेष्ठ र पर्सा पोखरिया–७ गोबिन्दपुर बस्ने अन्दाजी ४५ वर्षीय रामसनही रामको मृत्यु भएको थियो । ट्राफिक कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा सबैभन्दा बढी दुई पांग्रे सवारी दुर्घटना भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*