पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

हेटौंडा टुडे
१ कार्तिक २०७८, सोमबार ०९:४३

हेटौँडा/ कैलालीको भासु भीरमा पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । आइतबार साँझदेखि परेको वर्षाका कारण पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले जानकारी दिए ।

सोमबार राति करिब दुई बजेको समयमा गएको पहिरोले राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमका ७ पहाडी जिल्लाको यातायात सेवा ठप्प भएको उनले बताए । पहाडी जिल्लाबाट कैलाली र कञ्चनपुरसहित विभिन्न जिल्लाका लागि छुटेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने तराईबाट पहाड जाने सवारीसाधन पनि अलपत्र परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*