हेटौँडा/ संखुवासभामा ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु भएको छ । मादी नगरपालिका-१ तिनजुरे स्थित भित्री कच्चि सडक खण्डमा ट्यक्टर भिरबाट खसेर चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा तेह्रथुम लालिगुरास नगरपालिका-१ घुर्मुसे का ३७ बर्षीय रमेश दाहाल रहेका छन् । हिजो बिहानको राती १ बजे टुटेबाट गुफा तर्फ जादै गरेको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट बाँयाँ अन्दाजी ३०० मिटर तल भिरमा खसि दुर्घटना हुँदा चालक दाहालको घटनास्थलमानै मृत्यु भएको छ । घटनास्थलमा प्रहरी चौकी मादीमुलखर्क, टुटेदेउराली र ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटि गई कानुनि प्रकृया तथा थप अनुसन्धान भईरहेको बताइएको छ ।
सेयर गर्नुहोस्