हेटौँडा/ गण्डकी गाउँपालिका–८ घ्याल्चोकस्थित कुनागाउँमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । गण्डकी गाउँपालिका–४ फुजेलबाट धादिङको वेनिघाटका लागि छुटेको ना ४ च ७७३८ नम्वरको जिप चिप्लोबाटोमा अनियन्त्रित भइ दुर्घटनामा भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख प्रेमप्रसाद पोखरेलले बताए ।
दुर्घटनाका घाइते गण्डकी गाउँपालिका–५ दुर्वङकी प्रतिमा पोखरेल, सुनिल थापा र चितवनकी सुस्मा श्रेष्ठलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपश्चात् वीर अस्पताल काठमाडौ रेफर गरिएको छ । सामान्य अवस्थाका ३ घाइतेको भने मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार भएको उनले बताए ।
सेयर गर्नुहोस्