मध्ये भोटेकोशी जलविद्युतको आईपीओ अर्को साता बाँडफाँड हुने

हेटौंडा टुडे
३ कार्तिक २०७८, बुधबार १७:२०

हेटौँडा/ मध्ये भोटेकोशी जलविद्युतको आईपीओको बाँडफाँड अर्को साता हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आइपीओ अर्को साता बाँडफाँड गर्ने तयारी थालेको जनाएको छ ।

क्यापिटलले शुक्रबारसम्म प्रिअलटमेन्ट गर्ने र अर्को साता बाँडफाँड गर्ने तयारी रहेको जनाएको छ । कम्पनीले गत असोज २० गतेबाट २५ गतेसम्म कुल ९० करोड रुपैयाँबराबरको आईपीओ निष्काशन गरेको थियो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका आर्एपीओ निष्कासन गरेको थियो ।

कम्पनीले कुल निष्कासन हुने कित्तामध्ये ३ लाख ६० हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको ८१ लाख ९० हजार कित्तामा सर्वसाधारणले आवेदन दर्ता गराएका छन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन खुलाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*