काठमाडौंमा आजदेखि एस्ट्राजेनेका खोप लगाइने, कोकोले पाउँछन् ?

हेटौंडा टुडे
९ कार्तिक २०७८, मंगलवार १८:०६

हेटौँडा/ काठमाडौंमा यसअघि एस्ट्राजेनेका खोपको पहिलो मात्रा लिएका सर्वसाधारणका लागि आजदेखि दोस्रो मात्रा लगाइँदैछ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार जिल्लाका आठवटै नगरपालिकामा १८ वर्ष माथिका एस्ट्राजेनेकाको पहिलो खोप लगाएकालाई आजदेखि दास्रो डोज खोप दिन लागिएको हो ।

काठमाडौँ महानगरपालिकासँगै कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिकामा एस्ट्राजेनेकाको दोस्रो डोज खोप लगाइने भएको छ ।

काठमाडौं महानगरपालिकाको हकमा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, रत्नपार्कस्थित वीर अस्पताल, महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र बानेश्वस्थित निजामती कर्मचारी अस्पतालमा गएर पनि खोप लगाउन पाइनेछ । यी अस्पतालमा आज र भोलि खोप कार्यक्रम सञ्चालन हुनेछ ।

स्थानीय तहका खोप केन्द्रमा भने तीन दिन खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ। खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित आउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*