मुख्यमन्त्री शाक्यले प्रदेश प्रमुख समक्ष बुझाइन् राजीनामा

हेटौंडा टुडे
१० कार्तिक २०७८, बुधबार १७:१०

हेटौँडा/ बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा घोषणा गरेकी हुन। उनले नेपालको संविधानको १६९ उपधारा १ को क बमोजिम नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गरेकी हुन । संविधानको धारा १६९ को १ को क बमोजिमत मुख्यमन्त्री शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी छन् । प्रदेशसभा बैठकबाट सोझै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामा बुझाएकी हुन् । सत्तारुढ दल नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

आजको बैठकमा मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि मतदान हुने कार्यसूची थियो । तर, प्रदेशसभाबाट विश्वासको मत नपाउने लगभग पक्का भएपछि शाक्यले राजीनामाको बाटो रोजेकी हुन् । उनी भदौ २ मा मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।

यसैबीच, मुख्यमन्त्री शाक्यको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरिसकेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*