अध्यक्ष उप्रेतीद्वारा मनहरी-५ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

हेटौंडा टुडे
११ कार्तिक २०७८, बिहीबार ०९:१२

हेटौँडा/ मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर ५ बसन्तपुरमा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । बुधबार गाउँपालिकाको अध्यक्ष एकराज उप्रेतीले नवनिर्मित वडा कार्यालय उद्घाटन गरेका हुन् ।

१ करोड १३ लाखमा सम्झौता भई निर्माण शुरु गरिएको वडा भवन १८ महिनाको कार्य सम्झौता अवधिमा कोरोना भाइरसको सक्रमण र निषेधाज्ञाले गर्दा ६ महिना सम्झौता थप गरि निर्माण सम्पन्न गरिएको थियो । गाउँपालिका भित्र वडा भवन निर्माण सम्पन्न भएको दोस्रो भएपनि निर्माण सम्पन्न पुरा भई उद्घाटन चाही पहिलो भएको छ ।

वडा कार्यलयको भवन उद्घाटन गर्दै अध्यक्ष उप्रेतीले युगौ देखिको बलिदानलाई संघिय गणतन्त्र संस्थागत गर्न गाउँगाउमा सिंहदरबारको योजना अनुरुप कामहरु भईरहेको बताए । उनले वडाबासीको इमान्दारिता र धैर्यताले नवनिर्मित वडा भवन उद्घाटन गर्न सफल भएको बताए ।

नवनिर्मित १५ कोठे भवनमा प्रशासन, सोधपुछरदर्ता चलानी, कम्प्युटर शाखा सहित थप मेलमिलाप केन्द्र, प्राबिधिक शाखा र कृषि तथा पशुपन्छी शाखाबाट सेवा शुरु हुने वडा अध्यक्ष शुभराज थिङ्गले बताए । उनले यी शाखाहरु काम गर्न कर्मचारी अपुग हुने भएकोले गाउँपालिका संग समन्वय गरेर कर्मचारीको पदपूर्ति गर्ने बताए ।

उद्घाटन कार्यक्रममा संबिधान सभा सदस्य तथा नेकपा एसका केन्द्रिय सदस्य राजाराम स्याङ्गतान,नेकपा माओवादी केन्द्र मनहरी गाउपालिका अध्यक्ष रामप्रसाद कालाखेती, नेपाली कांग्रेस जिल्ला सचिवालय सदस्य नवराज उप्रेती, ७ नंबर वडाअध्यक्ष ठाकुर सिं तितुङ, कार्यपालिका सदस्य पम्फा रोक्का, भोज सिद्ध माविका प्रधानध्यापक महेश रिजाल, नेकपा माओवादी केन्द्रका वडा ५ का इन्चार्ज दिपेन्द्र अधिकारी, नेकपा एसका गाउँपालिका सचिव ओम आलेमगर, चुरियामाई वन उपभोक्ता समूहका अध्यक्ष बीरबहादुर मिजार, पन्चकन्या वन उपभोक्ताका अध्यक्ष सोमनाथ रुम्बा, माओवादी केन्द्र ५ नंबर वडा अध्यक्ष गोबिन्द सापकोटा, नेकपा एमालेका बिष्णु प्रसाद लामिछाने, नेपाली कांग्रेसका वडा सभापति बिष्णु प्रसाद उप्रेती, नेकपा एसका वडा सचिव उमेश अधिकारी, लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*