हेटौँड/ नेकपा माओवादी केन्द्रकी नेतृ कुमारी मोक्तान बागमती प्रदेशको सामाजिक विकासमन्त्री बनेकी छन् । नेकपा माओवादी केन्द्रबाट मकवानपुर २ (क) मा प्रदेशसभा सदस्य निर्वाचित मोक्तान यसअघि दुईपटक सांसद भइसकेकी हुन् । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रहेकी मोक्तान नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको उपनेता पनि हुन् । मोक्तान २०६४ सालमा मकवानपुर इन्चार्ज भएकी थिइन् ।
मोक्तान २०५६ सालमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको अध्यक्ष हुँदा हेटौंडाको बुद्ध चोकबाट पक्राउ परेकी थिइन् । एक वर्ष जेल जीवन बिताएकी उनी २०५८ सालमा तत्कालिन नेकपा माओवादीको जिल्ला जनसरकार प्रमुख, २०५९ सालमा जिल्ला सेक्रेटरी भएकी थिइन् ।
सेयर गर्नुहोस्