
हेटौँडा/ मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार मुलुकका केही भू-भागमा वर्षाको सम्भावना छ। दिउँसो पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ।
देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।


सेयर गर्नुहोस्