कांग्रेस मकवानपुरको सांस्कृतिक विभागको शुभकामना आदानप्रदान

हेटौडा टुडे
१८ कार्तिक २०७८, बिहीबार ११:४०

हेटौँडा/ नेपाली कांग्रेस मकवानपुरको सांस्कृतिक विभागको आयोजनामा शुभ दीपावली, नेपाल सम्बत्, छठलगायतको पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना भएको छ ।

बुधबार हेटौंडामा भएको कार्यक्रममा नेपालका चर्चित गायक सुगम पोखरेल, कृष्ण काफ्ले, गायिका राधिका हमाल, प्रतिमा अर्याल, बालगायक चिराग डंगोल लगायतले सांगीतिक प्रश्तुती पस्केका थिए ।

सांस्कृतिक विभाग प्रमुख सुशान्तकुमार श्रेष्ठको अध्यक्षता एवम् कांग्रेस नेता विजय कार्कीको संयोजनमा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि बानियाँले तिहारलगायतका चाडलाई सभ्य रुपमा मनाउन अनुरोध गरे । उनले चाडपर्वले सामाजिक एकता कायम राख्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी नीर शाह, नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाका निवर्तमान सभापति आनन्दराम पराजुलीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालसहितको टिमलाई स्वागत सम्मान समेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*