हेटौँडा/ मनसुन सकिएपनि जलाधार क्षेत्रमा लगातारको बर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ मा रहेको कुलेखानी जलविद्युत आयोजनाको ड्यामबाट पानी ओभर फ्लो भएको छ।
नेपाल विद्युत् प्राधिकरणको मुख्य ‘ब्याकअप’ का रूपमा रहेको कुलेखानी जलविद्युत आयोजनाको कुलेखानी ड्यामबाट २०७२ सालपछि पानी भरिएर ओभर फ्लो भएको हो।
३ सय मिटर चौडाई र ७ किलोमिटर लम्बाई रहेको सरोवरमा पानीको तह १ हजार ५ सय ३० पुगेमाूओभर फ्लोू हुने हुँदा कार्तिक ४ गतेबाट निरन्तर ओभर फ्लो भइरहेको छ।सोमबार बिहान इन्द्रसरोवरको ड्याम पानीको तह १ हजार ५ सय २९ मिटर ९८ सेन्टिमिटर मापन गरिएको र पानी ओभर फ्लो भइरेहको कुलेखानी प्रथमका आयोजना प्रमुख धीरेन्द्र चौधरीले जानकारी दिएका छन।जलाशयको क्षमता १ हजार ५ सय ३० मिटर छ।
मकवानपुरको थाहा नगरपालिकाको दामन,पालुङ, बज्रवाराही, चित्लाङ तथा इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयको जलाधार क्षेत्र हुन्। लक्ष्मीपुजाको दिन माग अनुसार २ घण्टा मात्र आयोजनाबाट विद्युत उत्पादन गरिएको थियो।त्यस यता कुलेखानी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिएको छैन।
ड्याममा संकलन गरिएको १ हजार ४ सय ८४ मिटर सम्मको पानीबाट विद्युत उत्पादन गर्न मिल्छ। जलाशयमा संकलन गरिएको पानीमध्ये ४६ मिटर मात्र विद्युत् उत्पादनमा प्रयोग हुन्छ।आयोजनाको ड्याममा संकलन गरेको पानीबाट तिनवटा विद्युत गृहबाट क्रमश ६०,३२ र १४ मेगावाट गरी कुल १ सय ६ मेगावाट विद्युत् उत्पादन हुदै आएको छ।
ड्याममा क्षमता भन्दा बढी करिब ५० सेन्टिमिटर पानी बोरा राखेर पानी संकलन गर्ने गरिएपनि २०७२ सालको भुकम्पले ड्याम चर्किएपछि बोरा राखेर पानी संकलन गर्न बन्द गरिएको थियो। प्रस्ट खबर


















