बागमती प्रदेश संचालन कार्यदल गठन, संयोजकमा दुलाल

हेटौडा टुडे
२४ कार्तिक २०७८, बुधबार १०:३७

हेटौँडा/ बागमती प्रदेश संचालनका लागि प्रदेश सरकार संचालन कार्यदल गठन भएको छ ।

नेकपा माओवादी केन्द्रका सांसद युवराज दुलालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको हो । कार्यदल सदस्यमा माओवादीबाट बुद्धिमान माझी, नेपाली कांग्रेसबाट राधा घले, प्रभात तामाङ र नेकपा एकिकृत समाजवादीबाट माधव पौडेल, मिना ज्ञवाली रहेको कार्यदल सदस्य सांसद तामाङले जानकारी दिए ।

कार्यदलले प्रदेश सरकार संचालनका लागि सहजिकरण गर्ने जनाईएको छ । कार्यदलले गठबन्धनबीच न्यूनतम साझा कार्यक्रम तयार गर्ने, गठबन्धनबीच सहमति, सहकार्य एवं समझदारी कायम गर्ने र सरकारको कार्यक्रम कार्यान्वयनलाई मितव्ययी, प्रभावकारी, भ्रष्टाचार शुन्य बनाउने लगायतका काम गर्ने जनाईएको छ ।

मूख्यमन्त्री राजेन्द्र पाण्डे, माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल, कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहितको परामर्शमा कार्यदल गठन भएको जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*