हेटौंडा ११ मा ट्रक र बस ठोक्किँदा मृत्यु भएका दुई मध्ये एकजनाको पहिचान खुल्यो

हेटौडा टुडे
२४ कार्तिक २०७८, बुधबार ११:३७

हेटौँडा/ पुर्व पश्चिम सडक खण्ड अन्तर्गत हेटौंडा–११ नवलपुरमा ट्रक र बस एक आपसमा ठक्कर खाई दुर्घटनाग्रस्त हुँदा मृत्यु भएका दुईजना मध्ये एकजनाको पहिचान खुलेको छ ।
मृत्यु हुुनेमा काठमाडौ चन्द्रागिरी नगरपालिका वडा नम्बर २ का २९ बर्षीय सरोज परियार रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमाल जानकारी दिए । अर्का एकजना मृतकको पहिचान खुल्न बाँकि रहेको छ ।

मंगलबार राति जनकपुर बाट काठमाण्डौ तर्फ जादै गरेको ना ७ ख ८७६ नम्बरको यात्रु बाहक बस र बिपरित दिशा बाट आउदै गरेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको खाली ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनमा परि १८ जना घाइते भएका छन् । उनीहरुको हेटौँडाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि फरार भएका बसका चालक बारा निजगढ–४ पुरानोटोल बस्ने ३३ वर्षीय टंक बहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक चालक भने घाइते भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*