हेटौँडा/ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनगणना राष्ट्र विकासको एक महत्वपूर्ण पक्ष भएकाले यसको पूर्ण सफलताको कामना गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले एक सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछिको पहिलो जनगणना भएकाले यसले राज्यको सेवा अझै प्रभावकारी बनाउन उपयुक्त तथ्याङ्क उपलब्ध गराउने बताएका छन् ।
साथै उनले यस कार्यमा सहभागी भई सहयोग गर्न सबै नेता, कार्यकर्ता र आम नागरिकमा आह्वानसमेत गरेका छन् । उनले घरघरमा आउने गणकलाई सही विवरण दिएर कार्यक्रम सफल बनाउन भने आग्रह गरेका छन्।
सेयर गर्नुहोस्