कात्तिक २८ गतेदेखि दीर्घ रोगीलाई फाइजरको खोप लगाईदैँ

हेटौंडा टुडे
२०७८ कार्तिक २५, बिहीबार १६:२८ गते

हेटौँडा/ सरकारले कोभिड–१९ विरुद्धको फाइजर खोप कार्तिक २८ गते देखि लगाउने भएको छ । अमेरिकाले अनुदानमा दिएको फाइजर खोप सरकारले दीर्घ रोगीहरूलाई दिने जनाएको छ ।

अमेरिकाले अनुदानमा दिएको एक लाख मात्रा फाइजर खोपको पहिलो मात्रा कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म र दोस्रो मात्रा मङ्सिर २७ देखि पुस ४ गतेसम्म दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो खोप मुटुको शल्यक्रिया गराएका र औषधि प्रयोग गरिरहेका, मिर्गौला फेरेका, डायलासिस गराइरहेका वा औषधि सेवन गरिरहेका, क्यान्सरको उपचार गराइरहेका, फोक्सो सम्बन्धी रोगको औषधि सेवन गरिरहेका, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भएर डाक्टरको निगरानीमा उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएका र मस्तिष्क वा मस्तिष्कका रक्तनली सम्बन्धी रोग भएकाहरूले पाउने मन्त्रालयले जनाएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*