शुक्रबार मकवानपुरगढीमा अन्य पार्टी परित्याग गरि १३० जना काङ्ग्रेसमा प्रवेश

हेटौंडा टुडे
२०७८ कार्तिक २६, शुक्रबार २०:३४ गते

हेटौंडा । नेपाली कांग्रेसको मकवानपुरगढी गाउँपालिकामा कार्यकर्ता भेटघाट कार्यक्रम भएको छ ।                   मकवानपुरगढी-३ देविडाँडामा मतदाता भेटघाट कार्यक्रम भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँक‍ो प्रमुख आतिथ्यता एवं वडा सभापति बिजय लामा थोकरको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा संघीय सभापति यतिराज सापकोटा, गाउँपालिका सभापति राजबिर मोक्तान, रुक्मणी ढुंगाना, कमल फुयाँल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा एमाले, राप्रपा र माओवादीबाट ३४ जना कांग्रेसमा प्रवेश गरेका छन् । त्यसैगरि  मकवानपुरगढी-६ अदालत डाँडामा कार्यक्रम भएको हो । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँक‍ो प्रमुख आतिथ्यता एवं वडा सभापति केदारनाथ चौलागाईंको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा संघीय सभापति यतिराज सापकोटा, हेटौंडा नगरका निवर्तमान सभापति आनन्दराम पराजुली, वडा अध्यक्षका प्रत्यासी कृष्णप्रसाद बजगाई, उपसभापति सुशिला फुयाँल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा एमाले जिल्ला सदस्य श्यामप्रसाद ढंगाना, समाजसेवी रमेश धितालसहित एमाले र माओवादीबाट ९६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । दुबै स्थानमा कांग्रेस संसदीय दलका नेता एवं जिल्ला सभापति बानियाँले नवप्रवेशीहरूलाई स्वागत गरेका थिए

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*