नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दै

हेटौंडा टुडे
२०७८ कार्तिक २८, आईतवार ०९:१५ गते

हेटौँडा/ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । आसन्न १४ औं महाभिवेशनबारे छलफल गर्न आज दिउसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो ।

हिजो बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले महाधिवेशन तयारीका लागि विभिन्न एजेन्डा तयार पारेको छ । ती एजेन्डा आजको केन्द्रीय कार्यसमितिमा पेश गर्ने तयारी कांग्रेसको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय निर्वाचन समितिले तयार पारेको १४ औं महाधिवेशन कार्यतालिका आज केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने तयारी छ । महाधिवेशनमा भातृ संस्थाबाट हुने प्रतिनिधित्व र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधित्वलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल हुनेछ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अधिकांश भातृ संस्थाको लामो समयदेखि अधिवेशन नभएकोले प्रतिनिधित्व गर्न नहुने बताइरहेको छ । कांग्रेसले १३ हिमाली जिल्लामा भने जिल्ला अधिवेशन गरिसकेको छ । अरू हिमाली जिल्लामा पनि मंसिर ६ भित्र जिल्ला अधिवेशन भइसक्ने कांग्रेसले जनाएको छ ।
यस्तै मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि विभिन्न समिति गठन गर्ने एजेन्डा पनि आज केन्द्रीय समितिमा पेश गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*