अनेरास्ववियुले हेटौँडामा जलायो प्रधानमन्त्री देउवाको पुत्ला

हेटौडा टुडे
२८ कार्तिक २०७८, आईतवार १२:३४

हेटौँडा/ सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुर बहुमुखी क्याम्पस कमिटिले आज प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।

कमिटिले आज क्याम्पस अगाडी सडकमा पुत्ला दहन गर्दै मूल्य वृद्धिको बिरोध गरेको हो । सरकारले खाना पकाउने ग्यासमा प्रति सिलिण्डर ७५ रुपैँया तथा पेट्रोल, डिजेल र मट्टितेलमा पनि मूल्य वृद्धि गरेपछि अनेरावियु देशभर आन्लोलनमा छ ।

अनेरास्ववियुले हिजो पनि हेटौँडामा मसाल जुलुस गरेको थियो । सरकारले जनतालाई मारमा पर्नेगरि मूल्य वृद्धि गरेपनि आफुहरु आन्दोलित भएको अनेरास्ववियु मकवानपुर बहुमुखी क्यापसका संयोजक आशिषकुमार रौनीयारले बताए । पुत्ला दहन कार्यक्रममा अनेरास्ववियुका स्थायी कमिटि सदस्य सन्तोष पौडेल, जिल्ला संयोजक विशाल पौडेल लगाएतका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*