• मनहरी गाउँपालिका

पशुपतिनाथ माविका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

हेटौडा टुडे
२८ कार्तिक २०७८, आईतवार १४:०८

हेटौँडा/ काठमाडौं गोदावरीकी एकजना विद्यार्थीले आफ्नो जन्मदिनको अवसरमा मनहरी गाउँपालिकाको हाडीखोलामा रहेको पशुपतिनाथ माविमा अध्ययन गर्ने बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेकी छिन् ।

गोदावरीकी स्थायी बासिन्दा प्रजिता घिमिरेले आफ्नो जन्नदिनको अवसर पारेर एक हजार थान कपी, पेन्सिल, डटपेनलगायत शैक्षिक सामाग्री प्रदान गरेकी हुन् । प्रजिताको आमाले बाल्यकालमा अध्ययन गरेको पशुपतिनाथ माविलाई सहयोग गर्न उनीहरु मनहरी गाउँपालिका आएका हुन् ।

विद्यालयका एक सय ९० जना बालबालिकालाई जनही ५ थान कपी, सोही बराबरको पेन्सिल र डटपेन वितरण गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतमले जानकारी दिए । मनहरी–४ का वडाअध्यक्ष ध्रुब खड्काको प्रमुख आतिथ्यतामा बालबालिकालाई शैक्षिक सामग्री बितरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतमले जन्मदिनमा केक काटेर अनावश्यक खर्च गर्ने परम्परालाई तोड्दै बिपन्न बालबालिकालाई सहयोग गरेको भन्दै प्रजिता र उनको परिबारलाई धन्यबाद दिएका थिए । आगामी दिनमा पनि यस प्रकारको सहयोगलाई निरन्तरता दिन विद्यालय परिबारले अपेक्षा गरेको अध्यक्ष गौतमले बताए ।

केहीदिन अघि मनहरी–४ का वडासचिव बिदुर पाठकले पनि आफ्नो जन्मदिनको अवसरमा विद्यालयका ३ जना बालबालिकालाई १० हजार रुपैयाँ सहयोग गरेको थिए । विद्यालयले जन्मदिनमा गर्ने खर्च कटौती गरी विद्यालयको कोषमा रकम जम्मा गर्न पनि सुरु गरेको अध्यक्ष गौतमले जानकारी दिएका छन् । हालसम्म कोषमा २५ हजार रुपैयाँ जम्मा भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*